शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

‘गुन्यो चोलो’ रिलिज स्थगित

शुक्रबार, ११ असोज २०८१, १२ : ५६
शुक्रबार, ११ असोज २०८१

काठमाडौंँ । फिल्म ‘गुन्यो चोलो’ आगामी कात्तिक ९ गतेबाट प्रदर्शनमा नआउने भएको छ । विशेष कारणले फिल्मको रिलिज स्थगित गर्नुपरेको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै केही कारणले तत्काललाई रिलिज स्थगित गर्नुपरेकोले चाँडै नयाँ प्रदर्शन मिति घोषणा गर्ने उल्लेख गरेकी छन् ।

अभिनेता नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा फिल्ममा अभिनय गरेका छन् । फिल्मको चरित्रका उनले लागि १५ केजी तौल घटाएका थिए । 

फिल्ममा नाजिरको अलवा सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ । निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन फिल्ममा छ ।

 फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्माता रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप