शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
प्रतिकुल मौसम

अवतरणका क्रममा ‘मिसएप्रोच’ भएपछि थाइ एयरको विमान बाराको आकाशमा पुगेर फन्को मार्दै

शुक्रबार, ११ असोज २०८१, १२ : ५५
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । थाइ एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि बारा जिल्लाको आकाशमाथि फन्को मारिरहेको छ ।

खराब मौसमका बाबजुद विमानस्थलमा अवतरणको प्रयास गरेको विमानलाई ‘मिस एप्रोच’पछि पाइलटले ‘ओभरसुट’ गरी फर्काएका हुन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता रिन्जी शेर्पाले उक्त विमान अवतरण गर्न नसकी फर्किएको बताए । ‘पाइलटलाई सहज लागेन भने मिस एप्रोच गर्छ,’ उनले भने, ‘अनुकूलता मिलाएर फेरि अवतरणको प्रयास हुन्छ ।’

यसअघि आजै कतार एयरलाइन्सको विमान पनि खराब मौसमका कारण निकैबेर ‘होल्ड’ भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप