शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

पानीजन्य रोगको जोखिम, सतर्कता अपनाउन आग्रह

शुक्रबार, ११ असोज २०८१, १२ : ४९
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । मनसुन फेरि सक्रिय भएकासँगै पानीजन्य रोगको जाेखिम हुने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्सातको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य सङ्क्रमण रोगहरूको जोखिम बढी हुने जनाएको हो । यस्तो अवस्थामा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

मन्त्रालयका अनुसार वर्षातमा बाढीका कारणले वरिपरिका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ । त्यसैले पानी उमालेर पिउनुका साथै पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउन सुझाइएको छ ।

यस्तै, बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने विज्ञहरूको आग्रह छ ।

खानेकुरा खानुअघि र पकाउनुअघि राम्रोसँग हात धुन र व्यक्तिले जथाभाबी दिसा पिसाब गर्न नगर्न मन्त्रालयको आग्रह छ । विशेष गरी बालबालिका, दिर्घरोगी,गर्भवती महिला र रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई पानीजन्य रोगको जोखिम बढी हुने भएकाले व्यक्तिगत सरसफाइ ध्यान दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप