न्यायाधीश नियुक्तिको विरोध
न्याय परिषद्को बैठक चलिरहँदा बारले दियो बाहिर धर्ना
शुक्रबार, ११ असोज २०८१, १२ : ३२

काठमाडौँ । न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर छलफल थालेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ। बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध स्वरूप परिषद् घेराउ गर्दै धर्ना दिएको हो ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले गैर संवैधानिक रूपमा बलजफती न्यायाधीश नियुक्तिको कोसिस भएपछि आफूहरू धर्नामा उभिएको बताए । अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले परिषद्को बैठक बोलाएर नाममै छलफल थालेपछि बारले नाराबाजीसहित धर्ना सुरु गरेको हो । परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत कटौती पछि स्पेन र पोर्चुगलको अवस्था कस्तो छ?
-
स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः मन्त्री पौडेल
-
विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा
-
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ
-
विधेयक दर्ता हुने वित्तिकै चलचित्रकर्मीले किन जनाए विरोध ?
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित