तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य, किन बढिरहेको छ ?
शुक्रबार, ११ असोज २०८१, १२ : २८

काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । बिहीबार १ लाख ६० हजार ७०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार १ लाख ६१ हजार २०० तोकिएको छ । यो हालसम्मकै उच्च मूल्य हो । पछिल्लो समय सुनको मूल्यमा हरेक दिन रेकर्ड कायम हुन थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य सुनको मूल्य घटबढ हुनुमा आन्तरिक बजारको कुनै भूमिका हुँदैन । उनले भने, ‘यतिबेला अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएको छ । यसले गर्दा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन् ।’ यसका साथै रसिया–युक्रेन, इजरायल–प्यालेस्टिन लगायत मुलुकको तनाबले पनि सुनको मूल्यमा प्रभाव पारेको छ ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि बिहीबारकै मूल्य प्रतितोला १ हजार ९५५ मा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म