शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

कुलेखानी–फाखेल–काठमाडौँ सडक सुचारु

शुक्रबार, ११ असोज २०८१, १२ : २५
शुक्रबार, ११ असोज २०८१

हेटौँडा ।  हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–काठमाडौँ सडक सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय तह, प्रहरी र सडक विभागको समन्वयमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।  सो सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा शुक्रबार पहिरो खस्दा सवारी आवागमन ठप्प भएको थियो ।

बिहीबारबाट भएको अविरल वर्षाका कारण शुक्रबार बिहान ९ः३० बजेको समयमा उक्त स्थानमा सडकको माथिल्लो भागबाट पहिरो खसेको थियो ।

पहिरोका कारण बिहीबारबाट बन्द कान्ति लोकपथ सञ्चालनमा ल्याउन सकिएको छैन । निरन्तर वर्षा भइरहेकाले बकैया–१२ घट्टेपाखामा खसेको पहिरो हटाउन समस्या भइरहेको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप