शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँ प्रहरीको सुरक्षा योजना

दसैँ–तिहारमा २० प्रकारका सुरक्षा चुनौती, काठमाडौँमा ३ हजार ७६५ प्रहरी परिचालन

शुक्रबार, ११ असोज २०८१, १४ : ३८
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । काठमाडौँ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्रहरीको आकलन छ । लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध हुनसक्ने प्रहरीको आकलन छ । 

बन्द पसल तथा खाली घरमा चोरी हुनसक्ने र धार्मिक तथा किनमेल स्थलमा पाकेटमारी र स्न्याचिङ हुनसक्ने सुरक्षा चुनौती देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने, ‘सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको छ ।’ 

काठमाडौँ प्रहरीले घटनाको सूचना पाएको ५ देखि १० मिनेटमा पहिलो रेस्पोन्स गर्ने र ३० मिनेटभित्र वृहत् प्रतिकार्य पुरा गरिने एसएसपी रजौरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप