बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

ब्लु व्वाईज युनियनद्वारा ओशाकाको पशुपतिनाथ मन्दिर सरसफाइ

शुक्रबार, ११ असोज २०८१, ११ : ५५
शुक्रबार, ११ असोज २०८१

जापान  । जापानको दोस्रो ठुलो सहर ओशाका स्थित चिरुमी रेउकुची पार्कमा अवस्थित हिन्दु धर्मको आस्थाको प्रतीकको रूपमा रहेका भगवान् पशुपतिनाथको मन्दिर परिसरमा नेपाली युवाहरूको समूह ब्लु व्वाईज युनियनले सरसफाइ गरेको छ  ।

विगत लामो समय देखि कसैको नजरमा मन्दिर नपरेकाले र रेखदेखको अभावले मन्दिर क्षेत्र झाडीमा परिणत भएको थियो । मन्दिर परिसरमा देखिएको दुरावस्था देखेर ओशाकामा सामाजिक कार्यमा क्रियाशील नेपाली युवाहरूको नजरमा परेर जिम्मेवारी बोध गरी सरसफाइ गरेका हुन् । 

उक्त समूहले यसअघि हिन्दु महिलाहरूको पवित्र पर्व हरितालिका तिजलाई मध्य नजर गरेर मन्दिरको आंशिक सर–सफाइ गरेको थियो । अहिले आउँदै गरेको नेपालीहरूको महान् चाड बडा दसैँलाई मध्यनजर गरेर युनियनले सरसफाइ गरेको हो ।  सर–सफाई गर्दा जम्मा भएको एक ट्रक भन्दा बढी फोहोर ओशाका नगरपालिकाको वडा कार्यालयमार्फत विस्थापनको व्यवस्थापन गरिएको हो ।

लुम्बिनी शान्ति बगैँचाका रूपमा परिचित पार्क परिसरमा विभिन्न देशका धार्मिक कला कौशल भएका आ–आफ्नै धर्म संस्कृतिका मठ मन्दिर रहेका छन् । पार्क भित्र नेपालको प्राचीन कला कौशल र हिन्दु धर्मको आस्थाको केन्द्र भगवान् पशुपतिनाथको मन्दिर रहको छ । मन्दिरसँगै सानो पर्यटकीय पोखरी रहेको छ भने पार्क भित्र नेपाली र अन्य एक सय भन्दा बढी प्रजातिका बोट बिरुवाहरूले सजिएको पार्कमा अन्य देशका मठ–मन्दिरहरू स्वच्छ र सफा रहेका वेला नेपाली पशुपतिनाथको मन्दिर भने फोहोर र झाडीले ढाकिएको थियो । अन्य देशका मन्दिरहरूको तुलनामा पशुपतिनाथको मन्दिर ठुलो र भव्य रहेको छ । सर–सफाइ कार्यक्रममा ईस्पाई मार्ट ससुराली घरले खाजा र पानीको व्यवस्था गरेको थियो । 

सन् १९९८ मा जापानका राजपारिवारका सदस्यको निमन्त्रणामा नेपालका राजा श्री ५ वीरेन्द्र र रानी ऐश्वर्यको जापान भ्रमणका क्रममा जापानको अन्तर्राष्ट्रिय फुल र हरियाली सङ्घ जापानले राजपरिवारको सम्मानमा नेपाली पैगोडा शैलीको वास्तुकला युतm पशुपतिनाथको मन्दिर बनाई दिएको हो । नेपालीहरूको बाक्लो उपस्थितिमा रहेको ओशाकामा हाल १२ देखि १५ हजारको हाराहारीमा नेपालीहरू रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप