सर्वसाधारणको ३ अर्ब रुपैयाँ कुम्ल्याएर साधुको भेषमा बसेका ठग पक्राउ
काठमाडौँ । सहकारी ठगीमा संलग्नमाथि कस्तो कारबाही होला, पीडितको रकम कहिले फिर्ता होला भन्ने चासो सर्वत्र छ । यही परिप्रेक्ष्यमा भारतमा समेत एउटा वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ कुम्ल्याएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशमा आएको छ ।
एक वर्ष अघि भारतको महाराष्ट्र राज्यको बीडमा जिजाऊ महासाहेब मल्टी स्टेट कोअपरेटिभ संस्थाका अध्यक्ष बबन विश्वनाथ शिन्दे ३ अर्ब भारु घोटाला गरी फरार भएका थिए ।
पछिल्लो समय उनी भारतकै वृन्दावनमा साधुको भेषमा बस्दै आएको अवस्थामा पक्राउ परेका छन् । उनलाई एक वर्षदेखि महाराष्ट्र पुलिसको क्राइम ब्राञ्चले खोजी गर्दै आएको थियो ।
प्रहरीका अनुसार उनी बिहानदेखि साँझसम्म वृन्दावनस्थित कृष्ण मन्दिर क्षेत्रमा बस्ने, राति एउटा सामान्य कोठामा गएर सुत्ने गरेका थिए । उनी भारतकै असम, ओडिसाका साथै नेपालमा समेत लुक्ने कोसिस गरे पनि अन्ततः वृन्दावन पुगेर साधुको भेषमा बस्दै आएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपनेता श्रेष्ठलाई प्रश्न : दलको नेता बन्न डीपी, स्वर्णिम र तपाईंबिच विवाद भएको हो ?
-
वर्तमान सरकारले सही काम नगरे माओवादी सडकमा जान्छ : वर्षमान पुन
-
अमेरिकामा भूपेन्द्र साढे ५ लाखसहित सम्मानित
-
माओवादीका जबस/मोर्चा अस्तव्यस्त, गतिविधि ठप्प हुँदा पार्टीलाई नै धक्का
-
सिंहदरबारको नाममा गाउँ–गाउँमा सिंह मात्रै गए, नागरिकलाई खाने अवस्था छ : महासचिव झा
-
रवि दुधले नुहाएका व्यक्ति होइनन्, तर सरकारले प्रतिशोध साँधेको प्रस्ट छ : डा.केसी