शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
फिल्म

फ्राइडे रिलिज : ‘सानो संसार’ भर्सेस ‘आँखा’

शुक्रबार, ११ असोज २०८१, १५ : ३१
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । शुक्रबारदेखि फिल्म ‘सानो संसार’ र  ‘आँखा’ प्रदर्शनमा आएका छन् । फरक फरक कथामा बनेका यी दुई फिल्म देशभर एकसाथ रिलिज भएका हुन् । 

 दुवै फिल्मको कथा भने फरक छन् । ‘सानो संसार’ मध्यम वर्गीय परिवारको कथामा निर्माण भएको हो भने ‘आँखा’ले बागमती नदी किनारको सुकुम्वासी बस्तीको कथा उठाएको छ । दुवै फिल्मले दर्शक पाउने अपेक्षा निर्माण युनिटको छ ।

‘सानो संसार’ 

अर्जुन कुमारले निर्माण गरेको ‘सानो संसार’ले एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाइ र सङ्घर्ष मर्मस्पर्शी रूपमा उठाएको छ । फिल्मको बुधबार साँझ प्रिमियर समेत भएको थियो । सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पङ्गेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।

निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को कार्यकारी निर्मातामा माधव वाग्ले हुन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ । 

‘आँखा’ 

स्मिता लामिछानेको निर्माण रहेको फिल्म ‘आँखा’मा  सुकुम्वासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौँ महानगरबिचको रस्साकस्सी देखाइएको छ । जौन योन्जन निर्देशित फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको अभिनय छ । फिल्ममा बालकलाकारको भूमिकामा प्रसन राई छन् ।

नारायणप्रसाद बराल कार्यकारी निर्माता रहेको फिल्म कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप