शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
मौसम प्रतिकुल

काठमाडौँको आकाशमा कतार एयरवेजको पाँच फन्को

शुक्रबार, ११ असोज २०८१, १० : ५०
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । ठुलो वर्षा र कम भिजिबिलिटीका कारण दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको आकार, प्यासेन्जरको सङ्ख्या, पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत कारण उडान, अवतरणमा फरक पर्न जान्छ । 

अन्य विमानहरू भने नियमित रूपमै उडान, अवतरण गरिरहेका छन् । भिजिबिलिटीका कारण केही आन्तरिक विमानस्थलबाट हुने उडान तथा अवतरण भने प्रभावित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप