शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरोपा लिग फुटबल : १० खेलाडीमा सिमित टोट्टनहामले सजिलै हरायो काराबागलाई

शुक्रबार, ११ असोज २०८१, १० : १४
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति सम्पन्न खेलमा इङ्लिस क्लब टोट्टनहामले रोमाञ्चक जित हासिल गरेको छ । खेलको प्रारम्भमै १० खेलाडीमा समेटिएको टोट्टनहामले अजरबैजानको क्लब काराबागलाई ३–० गोलले पराजित गरेको हो ।

खेल सुरु भएको सातौँ मिनेटमै टोट्टनहामका रोमानियन डिफेन्डर राडु ड्रागुसिन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि पुरै समय टोट्टनहामले केवल १० खेलाडीमा सिमित भएर खेल्नु परेको थियो । यति हुँदा पनि टोट्टनहामले खेल आफ्नो पकडमा राखेको थियो ।

टोट्टनहामल खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । निर्धारित समयको १२औँ मिनेटमा टोट्टनहामका लागि ब्रेनन जोन्सनले पहिलो गोल गरेका थिए । निर्धारित समयको ५२औँ मिनेटमा पेपे सरले टोलीको अग्रता दोब्बर बनाएका थिए ।

यसैगरी, खेलको ६८औँ मिनेटमा डोमिनिक सोलाङ्केले गोल गरेपछि टोट्टनहामले सजिलो जित हात पारेको थियो । टोट्टनहामले अब इङ्लिस प्रिमियर लिगमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

यसैगरी, युरोपा लिगको अर्को खेलमा डच क्लब आयाक्सले टर्कीको क्लब बेसिकट्समाथि ४–० गोलको सजिलो जित हासिल ग¥यो । इटालियन क्लब रोमा भने स्पेनिस प्रतिद्वन्द्वी एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकियो । फ्रान्सेली क्लब लियोनले ग्रिसको ओलम्पियाकसलाई २–० गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप