अखिल क्रान्तिकारीको बन्दसत्र ११ बजेदेखि सुरु हुने
शुक्रबार, ११ असोज २०८१, १० : १४
_ekommVwhmf.jpg)
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र विधान र प्रतिवेदन तयारी नपुगेकाले समय सारिएको उपाध्यक्ष एवं कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । रावलका अनुसार बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ ।
शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुनेछ । प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। असोज १३ गते बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ। असोज १४ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने रावलले बताए ।
क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन बिहीबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार अध्यक्षका दुई उम्मेदवारबिच आरोप प्रत्यारोप
-
‘बाह्य मिचाहा प्रजातिले अर्थतन्त्रलाई कसरी प्रभावित पारेको छ ?’
-
टिजर आउने बित्तिकै भारतमा चर्कियो फवाद खानको ‘अबिर गुलाल’ को विरोध
-
बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त
-
तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय
-
मैदान प्रवेशमा रोक लगाइएपछि एमएलएससँग रिसाए मेस्सीका अंगरक्षक चेउको