शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
माैसम

पछिल्लो २४ घण्टामा १५० मिलिमिटर वर्षा

शुक्रबार, ११ असोज २०८१, ०८ : ३२
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोशी र मधेस  प्रदेशको थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा घनघोर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान  महाशाखाले  सो समयावधिमा १५० मिलिमिटर वर्षा भएको जनाएको हो ।

साथै  कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै  स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै वर्षा मापन भएको छ।  

हाल देशभर अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको  र आगामी आगामी २४ घण्टाका लागि देश भरनै मनसुन सक्रिय रही  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा  चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप