शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रसङ्घको ७९औँ महासभा

तस्बिरमा हेर्नुहोस् संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन

शुक्रबार, ११ असोज २०८१, ०७ : १७
शुक्रबार, ११ असोज २०८१

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठुलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गरेका हुन् ।

सो क्रममा उनले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे ।

सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराएका थिए । 

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबिचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।

mahasawaPRO_KTM_KP_OLI_PM_UNGA_USA_2R0A0609PRO_KTM_PM_OLI_2R0A0613PRO_KTM_PM_OLI_UNGA_7R9A1009PRO_KTM_PM_OLI_UNGA_USA_2R0A0680

PRO_KTM_UN_USA_ARAJU_RANA_RADHIKA_SHAKYA_2R0A0553

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप