पीडितलाई न्याय दिलाएरै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउँछौँ : प्रधानमन्त्री ओली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लामो संक्रमणकालपछि द्वन्द्वबाट अघि बढेर शान्ति प्रक्रियालाई पूरा गर्ने चरणमा रहेको भन्दै यहाँसम्म सहयोगका लागि राष्ट्रसंघसहित विश्व समुदायलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले हालै आफ्नो सरकार गठन भएपनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सदनबाट पारित गरेर कार्यान्वयनको चरणमा लगेको जानकारी गराउँदै अब पीडितलाई न्याय दिलाएरै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने प्रतिबद्धता जनाए ।
सयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'द्वन्द्वबाट उदाएको राष्ट्रका रूपमा नेपालले शान्ति र राजनीतिक स्थिरताको गहिरो मूल्य बुझेको छ। बृहत् शान्ति सम्झौताको लामो समयपछि अब हामी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने चरणमा छौँ । मेरो सरकार गठन भएलगत्तै संसदले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित भएर कार्यान्वयनमा गएको छ । अब सत्य र न्यायसहित पीडितको अधिकारलाई कायम गर्दै कानुन कार्यान्वयन गरेर यसलाई टुंगोमा पुर्याउनेछौँ ।'
प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्ने संयुक्त राष्ट्र संघसहित विश्व समुदायलाई धन्यवाद व्यक्त गरे ।
उनले हाल दुई ठूला राजनीतिक दलको सहकार्यमा सरकार बनेको भन्दै यो सरकारले समावेशी र आर्थिक रुपान्तरणको अभियानमा स्थायित्व कायम गर्ने प्रयास गरिरहेको जानकारी गराए । कटिबद्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई मनाउने जिम्मा अब अमेरिकाको
-
सात महिनामा बैंकिङ क्षेत्रले कमायो ३७ अर्ब ९१ करोड
-
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
-
आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?