शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

स्पेनिश लालिगा : भिगोविरुद्ध मड्रिडको जित

शुक्रबार, ११ असोज २०८१, ०३ : ०९
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा एथलेटिको मड्रिडले सेल्टा भिगोलाई १-० गोलले पराजित गरेको छ ।

भिगोको घरेलु मैदानमा भएको खेलमा मड्रिडका लागि इन्जुरी समयमा जुलियन एल्भराजले गोल गरेर जित दिलाए । खेलमा भिगो हावी भएपनि परिणाम भने आफ्नो पक्षमा पार्न सकेन । जितसँगै मड्रिड पाँच खेलमा तीन जित जुटाउँदै १५ अंकसहित तेस्रो स्थानमा सुरक्षित भएको छ । सेल्टा भिगोले भने पाँच खेलमध्ये एकमात्रै जितेको छ । 

बिहीबार राति नै भएका खेलमा भिल्लारियलले स्पयान्योललाई २-१ गोलअन्तरले हराएको छ । उसका लागि आयोज पेराजले दुई गोल गरेका थिए भने स्प्यान्योलका लागि जोफ्रेले सान्त्वाना गोल फर्काए । 

अर्को खेलमा लस पाल्मस र बेटिसले अंक बाँडेका छन् । दुवैले निर्धारित समयमा १-१ को बराबरी खेलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप