आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी

तुलसीपुर (दाङ) । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।
तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको आठ वर्षमा पुल निर्माण पूरा भएको हो । विसं २०७५ चैत १८ गते काम पूरा गर्नेगरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते सम्झौता भएको थियो ।
भ्याटबाहेक १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माण भएको हो । व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माण विवादमा परेको थियो ।
त्यही विवादलाई देखाउँदै पटक–पटक निर्माण कम्पनीले म्याद थप गरिएको थियो । यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने गरेको थियो । तर अहिले पुल बनेपछि निकै सहज भएको अटोचालक सुरेश परियारले बताए ।
'वर्षात्मा निकै समस्या हुने गरेको थियो, पानीको बहाब बढ्दा एक घण्टाभन्दा बढी लगाएर खैरा हुँदै तुलसीपुर जानुपर्ने अवस्था थियो, अहिले त्यो समस्या हटेको छ,' उनले भने । पुल निर्माणका लागि स्थानीयले दबाब दिँदै आएका थिए । उक्त पुलको शिलान्यास कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप
-
आउट भएर पेभेलियन फर्कँदै गरेका रिकेल्टनलाई यसकारण फेरि ब्याटिङ गर्न बोलाइयो
-
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार