मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी

शुक्रबार, ११ असोज २०८१, ०४ : २६
शुक्रबार, ११ असोज २०८१

तुलसीपुर (दाङ) । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । 

तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको आठ वर्षमा पुल निर्माण पूरा भएको हो । विसं २०७५ चैत १८ गते काम पूरा गर्नेगरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते सम्झौता भएको थियो । 

भ्याटबाहेक १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माण भएको हो । व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माण विवादमा परेको थियो । 

त्यही विवादलाई देखाउँदै पटक–पटक  निर्माण कम्पनीले म्याद थप गरिएको थियो । यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने गरेको थियो । तर अहिले पुल बनेपछि निकै सहज भएको अटोचालक सुरेश परियारले बताए । 

'वर्षात्‌मा निकै समस्या हुने गरेको थियो, पानीको बहाब बढ्दा एक घण्टाभन्दा बढी लगाएर खैरा हुँदै तुलसीपुर जानुपर्ने अवस्था थियो, अहिले त्यो समस्या हटेको छ,' उनले भने । पुल निर्माणका लागि स्थानीयले दबाब दिँदै आएका थिए । उक्त पुलको शिलान्यास कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप