राति ढिला सुत्नुहुन्छ ? हुन सक्छन् यस्ता समस्या
![राति ढिला सुत्नुहुन्छ ? हुन सक्छन् यस्ता समस्या](https://npcdn.ratopati.com/media/news/capture_0eOKIPMZEP.jpg)
काठमाडौं । अहिलेको युगमा हरेक मानिस आफ्नो काममा यति व्यस्त छन् कि कसैसँग पनि निन्द्रा पूरा हुने गरी सुत्ने समय छैन ।
अफिसको काम सकेर घर पुग्दै ढिला भइसकेको हुन्छ । अनि बिहान सबेरै उठेर व्यक्तिगत वा घरायशी काम गर्नुपर्यो । यस्तोमा समय अभावका कारण हामीले आफ्नो निद्रासँग सम्झौता गरिरहेका हुन्छौं । यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यमा पर्छ ।
राति ढिलो सुत्नु तपाईको दिनचर्याको हिस्सा बनिसकेको छ भने तपाईं कयौं गम्भीर रोगको सिकार बन्न सक्नुहुन्छ । यस्तोमा धेरैको मनमा यसबाट कसरी बच्ने भन्ने प्रश्न उठ्छ । आजको यस लेखमा हामीहरू ढिला सुत्दा वा कम निदाउँदाका हानीहरू र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुराकानी गर्नेछौं ।
ढिलो सुत्दाका हानिहरू
ढिलो सुत्दा मानिसको मानसिक स्वास्थ्यमा असर पर्छ । मानसिक तनावले कुनै पनि विषयमा निर्णय लिने क्षमतामा असर पर्न सक्छ । पर्याप्त निद्रा नपुग्दा हृदयाघात, मधुमेह र मोटोपना हुने एक अनुसन्धानले दाबी गरेको थियो । यी रोग स्वास्थ्यका लागि निकै हानिकारक छन् । पर्याप्त निद्रा नपाउँदा दिन पूरै खराब हुन्छ । मान्छे जतिबेला पनि चिडचिडा रहने र थकित महसुस गर्न थाल्छन् ।
राम्रो निद्राको लागि अपनाउनुस् यस्ता उपाय
राम्रो निद्राको लागि राति सधैं सुत्ने समय निश्चित गर्नुस् । उदाहरणका लागिः तपाईं राति १० बजे सुत्दै हुनुहुन्छ भने भोलिपल्ट ६ बजे मात्रै ओछ्यानबाट उठ्नुस ।
हरेक दिन ८ घन्टा सुत्नुहोस् । हरेक दिन एउटै समयमा ओछ्यानमा जानुहोस् । राति सुत्नु अघि कम्तिमा एक घण्टा अगाडि मोबाइल फोन र अन्य इलेक्ट्रोनिक वस्तुहरू प्रयोग गर्न बन्द गर्नुस् । यसले निद्रामा बाधा पुर्याउन सक्छ । राति सुत्ने ओछ्यान सफा सुग्घर राख्नुहोस् । चारैतिर वातावरण स्वच्छ राख्नुस् ।
यसबाहेक पनि राम्रो निद्राका लागि ध्यान र योग गर्न सकिन्छ । राति हल्का खाना खानुहोस् । खाना खाएपछि केही बेर टहलिनुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री