मन्त्री राणाद्वारा अल्पविकसित देशहरुको मन्त्रिस्तरीय बैठकको अध्यक्षता

वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घअन्तर्गत अल्पविकसित देशका विदेशमन्त्रीहरूको वार्षिक बैठकमा अध्यक्षता गरेकी छन् । न्यूयोर्कमा बिहीबार आयोजित उक्त बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले अल्पविकसित देशहरूलाई दिगो विकासका लक्ष्य हासिलका लागि अतिरिक्त सहयोगको खाँचो रहेको बताइन् ।
“ती देशहरूले महामारी, भूराजनीतिक तनाव, द्वन्द्व र जलवायु परिवर्तनका कारणले बहुपक्षीय चुनौतीको सामना गर्न परिरहेको छ,” मन्त्री राणाले सम्बोधनका क्रममा भनिन्, “दिगो विकासको एजेण्डा २०३० का लक्ष्य हासिल गर्नका लागि हामीले विविध बाधा अवरोधको सामना गर्नु परिरहेको छ ।”
मन्त्री राणाले विश्वसमुदायलाई ग्लोबल ‘कोअर्डिनेशन ब्युरो’को नेतृत्व नेपाललाई दिएको धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले अल्पविकसित देशहरूको उत्पादन र उत्पादकत्व क्षमतालाई वृद्धि गर्दै क्षेत्रीय र विश्वव्यापी रूपमा पहुँच पुर्याउन अनुरोध गरिन् ।
मन्त्री राणाले भनिन्, “हामीहरू व्यापारसम्बन्धी पूर्वाधारका लागि महत्त्वपूर्ण सहयोगका लागि अनुरोध गर्दछौँ । बहुपक्षीय सञ्जालको वृद्धि, ट्रान्जिटको सुधार र व्यापारको लागत कम हुनेगरी काम गर्न अनुरोध गर्दछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई