शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश योजना आयोगको सदस्यद्वयमा कोइराला र गच्छदार नियुक्त

बिहीबार, १० असोज २०८१, २२ : ०७
बिहीबार, १० असोज २०८१

मोरङ । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगका सदस्यमा सुनसरी, बराहक्षेत्र–७ का नारायण कोइराला र मोरङ, विराटनगर महानगरपालिका–४ की प्रमिलाकुमारी गच्छदारलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका सदस्यद्वय भवानीप्रसाद बराल र नमिता न्यौपानेले दिएको राजीनामा स्वीकृत गरेको र उनीहरूको स्थानमा कोइराला र गच्छदारलाई नियुक्ति गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए । 

बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन प्रदेशसभासमक्ष पेस गर्ने निर्णय गरेको छ भने प्रदेश सचिव हेमराज तामाङलाई सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको रिक्त प्रदेश सचिव पदमा कामकाजमा खटाउने निर्णयसमेत गरेको छ ।

विदेशी पर्यटक सवारीसाधनको अस्थायी रुट परिमिटसम्बन्धी नियमावली, २०८१  स्वीकृत गरिएको छ र भोलि (असोज ११) गते ११ बजे विदेशी पर्यटक सवारीसाधनको अस्थायी रुट इजाजत परिमिटको स्टिकर सार्वजनिक गर्ने कार्यक्रम रहेकोसमेत प्रवक्ता मन्त्री अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप