शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले घर पुरिँदा ९ जनाको परिवार विस्थापित

बिहीबार, १० असोज २०८१, २१ : २७
बिहीबार, १० असोज २०८१

बैतडी । पहिरोले बैतडीमा एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

गएराति १२ बजे खसेको पहिराले घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोले मानवीय र पशुचौपायामा कुनै क्षति नभए पनि अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पुरिएका छन् । पहिरो आउन सङ्केत पाएपछि घरका सबै मान्छे गाउँलेको घरमा बसेका थिए ।

पहिरोले घर पुरिएपछि सुरेन्द्रको नौ जनाको परिवार आफन्तको घरमा बसिरहेका छन् ।  प्रहरीको टोली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप