जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले
बिहीबार, १० असोज २०८१, २० : ४२
![जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले](https://npcdn.ratopati.com/media/news/kundan_NQ61xIPMM5.jpg)
काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताएका छन् ।
बिहीबार दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले यस्तो बताएका हुन् ।
उनले प्रदेश र स्थानीय सरकार दुवै मिलेर जनतालाई उत्पादनसँग जोड्न सक्यौ भने मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलोपटक बागमती प्रदेशका १३ जिल्लामै यस्तो कार्यक्रम सुरु गरेको उनले जानकारी दिए ।
स्थानीय सरकारले योजना छनोट गर्दा प्राथमिकताका साथ छनोट गर्नुपर्ने उनको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली