समाचार
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार
बिहीबार, १० असोज २०८१, १८ : ४१

विराटनगर । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हाे ।
सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए ।
को१ख ४६०१ नम्बरको नरसिंह डिलक्स बसमा ६ जना महिला, ६ पुरुष, तीन बालक, चालक र सहचालक गरी १७ जना रहेको सशस्त्रका प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार १२ जनाको कोशी हेल्थ केयर अस्पताल सुनसरी, भारदह अस्पताल ४ जनाको उपचार भइरहेको छ ।
बस चालक इलाका प्रहरी भारदहको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म