यात्रुवाहक बस सप्तकोशीमा खस्यो
बिहीबार, १० असोज २०८१, १८ : ३७

विराटनगर । विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रुवाहक बस सप्तकोशीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशीमा खसेको अनुमान छ ।
घटनामा ठुलो मानवीय क्षति भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।