शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

फर्स्टलुकसँगै ‘सारंग’को प्रदर्शन मिति घोषणा

बिहीबार, १० असोज २०८१, १८ : १९
बिहीबार, १० असोज २०८१

काठमाडौँ । बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । फिल्मको फस्र्टलुकसँगै प्रदर्शन मिति पनि तोकिएको छ । फिल्म ०७ मंसिरदेखि देशव्यापी प्रदर्शनमा आउने छ । 

कोरियोग्राफरको रूपमा परिचित प्रशान्त तामाङले फिल्म निर्देशन गरेका हुन् । निर्देशक तामाङ स्वयम्को लेखन रहेको फिल्मलाई टि फल्क फिल्मस्ले वितरण गर्दैछ । 

फिल्ममा समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसी, विश्व स्याङ्वो, प्रभात जंग लगायतको अभिनय छ । 

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको डिओपी गोपाल राय हुन् भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । फिल्मका गीत डिपी खनालले लेखेका हुन्, संगीत शंकर थापा ‘स्माइल’को छ । फिल्मले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने विश्वास निर्देशक तामाङको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप