चण्डिमलको सतकसँगै न्युजिल्यान्डविरुद्ध श्रीलंकाको गतिलो सुरुवात

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन बिहीबार घरेलु टोली श्रीलंकाले आफ्नो पहिलो पालीमा तीन विकेट गुमाएर तीन सय ६ रन बनाएको छ । पहिलो दिनको सकिँदासम्म घरेलु टोलीका लागि एन्जेलो म्याथ्युज अविजित ७८ रन बनाउँदै क्रिजमा छन् ।
३७ वर्षीय म्याथ्युजले टेस्ट क्रिकेटमा बनाएको यो ४४औँ अर्धसतक हो । एक सय ६६ बलमा ६ चौका प्रहार गरिसकेका म्याथ्युज सतकतर्फ अग्रसर छन् । कामिन्दु मेन्डिस पनि अविजित ५१ रन बनाउँदै क्रिजमा छन् ।
२५ वर्षीय मेन्डिसको टेस्ट क्रिकेटमा यो पाँचौँ अर्धशतक हो । उनले ५६ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका छन् । दोस्रो टेस्टमा श्रीलंकाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
पहिलो पालीमा श्रीलंकाका लागि विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डिमलले सतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय १६ रन बनाए ।
लामो समय क्रिजमा टिकेका दिनेश चण्डिमलले दुई सय आठ बलको सामना गरी १५ वटा चौका पनि हिर्काए । ३५औँ वर्ष प्रवेशको सँघारमा रहेका अनुभवी ब्याट्सम्यान दिनेशले टेस्ट क्रिकेटमा बनाएको यो १६औँ सकत हो ।
श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान दिमुथ करुनारत्नेले पनि ४६ रनको योगदान गरे । उनले एक सय नौ बलको सामना गरी चार चौका हिर्काए । अर्का ओपनर ब्याट्सम्यान पाथुम निसानका भने एक रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
न्युजिल्यान्डका बलर टिम साउथी र ग्लेन फिलिप्सले एक–एक विकेट लिए । शृंखलामा श्रीलंका १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा श्रीलंकाले भ्रमणकारी टोली न्युजिल्यान्डलाई ६३ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प