शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस कार्यसम्पादन समिति बैठक : उपनिर्वाचनका लागि दल दर्ता र चियापान लगायत एजेन्डा

बिहीबार, १० असोज २०८१, १७ : ३०
बिहीबार, १० असोज २०८१

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले उनकै निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक असोज १३ गते आइतबार दिनको २ बजेका लागि बोलाइएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए । 

मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । दल दर्ताका लागि निर्वाचन आयोगमा दलको लेखा परीक्षण प्रतिवेदन‚ बैठकको निर्णय प्रतिलिपि लगायत विषय उपलब्ध गराउनुपर्ने हुन्छ । यसैका लागि बैठक बोलाइएको उनले बताए । 

साथै कांग्रेसले दसैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निर्णय हुने उनले बताए ।  ‘यी बाहेक समसामयिक विषयमा छलफल हुने भइहाल्यो‚’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप