बूढा र रोकायलाई ‘नइ कपिल विद्यापदक’

काठमाडौँ । नइ प्रकाशनले २०८० सालको बाह्र कक्षाको परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा विपनाकुमारी बूढालाई तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३.२१ जिपिए प्राप्त भएको थियो ।
यसैगरी सोही परीक्षामा हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा नन्दादेवी रोकायलाई तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । सीता माध्यमिक विद्यालयकी छात्रा रोकायलाई ३.१५ जिपिए प्राप्त भएको थियो ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । ‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नसा विशेषज्ञ डा.कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।
सो प्रकाशनले नेपालका विभन्न दुर्गम भू–भागका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने एक एक जना छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित विद्यापदकले पुरस्कृत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)