प्रचण्डको दाबी– बेलायतका प्रधानमन्त्रीले मलाई प्रधानमन्त्रीकै हैसियतमा चिठी पठाउनुभयो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलायतका प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीकै हैसियतमा चिठी पठाएको दाबी गरेका छन् । बिहीबार अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको शुभकामना दिँदै प्रचण्डले उक्त दाबी गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय माओवादीबारे राम्रो छाप परेको उनले जिकिर गरे ।
‘म प्रधानमन्त्रीको हैसियतमा विभिन्न अन्तर्राष्ट्रिय फोरममा जाँदा माओवादीबारे राम्रो प्रभाव परेको देखेँ । अझै प्रचण्ड नभई हुँदै हुँदैन भन्ने उनीहरूलाई छाप परेको छ’, खुलासा गर्दै उनले भने, ‘सरकारबाट हटेपछि बेलायतका प्रधानमन्त्रीले मलाई प्रधानमन्त्रीकै हैसियतमा एउटा चिठी पठाए । बेलायती राजदूतले ल्याएर त्यो चिठी दिनुभएको थियो । म अहिले प्रधानमन्त्री होइन । सरकारबाट हटिसकेँ किन चिठी पठाएको भने । जवाफमा तपाईं प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री सरहकै मान्छे हुनुहुन्छ के फरक पर्छ र भन्नुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै