शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउनुहुनेछ : प्रचण्ड

बिहीबार, १० असोज २०८१, १९ : ०७
बिहीबार, १० असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने दाबी गरेका छन् ।

 बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सोही अनुसार योजना र कार्यक्रम बनाउन विद्यार्थी संगठनलाई निर्देशन दिए ।

‘अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गर्दैछन् । त्यसको प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । तपाईँ सडकको बाघ भएर निस्कनोस् । म संसदमा सिंह भएर निस्केको छु । केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाउनुहुनेछ’, विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने ।

उनले दसैँ लगत्तै बस्ने केन्द्रीय समिति बैठक पार्टीको लागि माइलस्टोन(कोशेढुंगा) हुने दाबी समेत गरे ।

‘केन्द्रीय समिति बैठक माइलस्टोन हुनेछ । देशमा देखा परको राजनीतिक समस्या हल गर्ने गरी निर्णय गर्नेछ’, उनले भने, ‘यति बेला नै क्रान्तिकारीको सम्मेलन राख्नुको ठुलो अर्थ छ । तपाईँको भव्यताका साथ सम्मेलन सफल गर्नुहोस् । यसले हामीलाई थप ऊर्जा मिल्नेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप