पून्यमानले जिते भेट्रान चेसको उपाधि
काठमाडौँ । पूर्वराष्ट्रिय च्याम्पियन पून्यमान कमाचार्यले बिहीबार ‘प्रथम एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । सात चरणको खेलमा उनले ५.५ अंक जोड्दै उपाधिमाथि कब्जा जमाएका हुन् ।
समान अंक बटुले पनि टाइब्रेकरका आधारमा बद्रीलाल नेपाली दोस्रो, गणेशमान दुवाल तेस्रो र नविन तण्डुकार चौथो भए । पाँच अंक जोडेका पूर्णराज खड्का पाँचौँ, विलमलाल श्रेष्ठ छैटौँ, राजेन्द्र बज्राचार्य सातौँ, जनार्दन श्रेष्ठ आठौँ, भिमदत्ता पाडे नवौँ र अबिरल राई १०औँ भए ।
उपाधि विजेता कमाचार्यले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए । उपविजेता नेपालीले २० हजार र तेस्रो हुने दुवालले १५ हजार रुपैयाँ पुरस्कार पाए । चौथो हुने तण्डुकारले १० हजार र पाँचौँ हुने खड्काले सात हजार रुपैयाँ पुरस्कार पाए ।
यसैगरी, छैटौँदेखि १०औँ स्थान हात पार्ने खेलाडीहरुले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पारे । विजेता खेलाडीलाई पूर्वयुवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे ।
समापन कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका महासचिव एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी मर्हजन, पूर्वअध्यक्ष विदुर गौतम, समाजसेवी सावित्री अधिकारी, दिवंगत श्रेष्ठकी आमा लक्ष्मी श्रेष्ठ र धर्मपत्नी संगीता श्रेष्ठ तथा बुद्धिचाल महासंघका उपमहासचिव मोनालिसा खुम्बूको उपस्थिती रहेको थियो ।
स्विस लिग प्रणालीमा दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा ४२ जना खेलाडीको सहभागिता थियो । दिवंगत श्रेष्ठ एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ नेपाल बुद्धिचाल संघका पूर्वउपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता आयोजना भएको थियो ।
नेपालको पायनियर मखन चेस क्लबको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ ओलम्पियाड खेलाडीसमेत हुन् । नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका स्व. श्रेष्ठकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो ।
सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्वमहिला राष्ट्रिय च्याम्पियन हुन् । नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्रसहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु