मध्य भोटेकोसीको ५ करोड कित्ता सेयरको ‘लकइन पिरियड’ शनिबारदेखि सकिँदै
बिहीबार, १० असोज २०८१, १६ : १२
काठमाडौँ । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको ५ करोड कित्ता भन्दा धेरै सेयरको लकइन पिरियड शनिबारदेखि सकिने भएको छ । सेयर जारी भएको तीन वर्षमा यस्तो अवधि सकिने व्यवस्था अनुसार शनिबारदेखि सो बराबरको सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुन लागेको हो ।
यसरी लकइन पिरियड सकिन लागेको सेयरमध्ये संस्थापक सेयरधनीको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरूको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीयवासीको ६० लाख कित्ता तथा कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर रहेको छ ।
बजारमा उक्त कम्पनीको सेयरको अन्तिम कारोबार प्रतिकित्ता ३३३ रुपैयाँको दरले भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने
-
मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने
-
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी