नेतृत्वबाट हस्तक्षेप हुँदैन, प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा हुन्छ : हिमाल शर्मा

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)का इन्चार्ज हिमाल शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा नेतृत्व छनोट गर्ने बताएका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयमा भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको शुभकामना दिँदै शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन हुनेमा निश्चित रहन बताएका हुन् ।
‘हामीले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा प्रतिनिधि छनोट गरेर आएका छौँ । संगठनको केन्द्रीय पदाधिकारी र सदस्यहरू पनि प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा नै छनोट गर्ने प्रतिबद्धता व्यक्त गर्छौं’, उनले भने, ‘अध्यक्ष प्रचण्डलाई साक्षी राखेर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । यसपटक नेतृत्वबाट हस्तक्षेप हुनेछैन । जसले जितेपनि क्रान्तिकारीले जित्ने हो भनेर अध्यक्षले भन्नुभएको छ ।’
निर्वाचनमा पराजित भएकाहरूलाई पनि पार्टीले उचित जिम्मेवारी दिइने शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
ला लिगा : भ्यालेन्सिया, सेल्टा र डेपोर्टिभो विजयी
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई झट्का, घरेलु मैदानमै हारे बायर्न र बायर
-
फोटो खिचेरै मासिक ३० हजार, खाडी जानु परेन
-
‘गोविन्दे’ नामको जंगली हात्तीले फेरि लियो अर्को ज्यान
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरि हार्यो