प्रचण्डसँगै विद्यार्थी आन्दोलन जान सके समाजवादको लक्ष्यमा पुग्न सकिन्छ: तामाङ

काठमाडौँ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले प्रचण्डसँगै विद्यार्थी आन्दोलन जान सके समाजवादको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।
अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मलेनको उद्घाटन त्रिमा बोल्दै उनले प्रचण्डलाई सबैले समर्थन गरेमात्र समाजवादको लक्ष्यमा पुग्न सकिने जिकिर गरेका हुन् ।
भ्रष्टाचार नियन्त्रण, सुशासन, सामाजिक न्याय, विश्वविद्यालय सुधार लगायत विषयमा प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले ०८४ मा पहिलो पार्टी बनाउने सङ्कल्प लिएर घर फर्किन विद्यार्थीलाई आग्रह गरे ।
‘प्रचण्डको नेतृत्व र विद्यार्थी सँगसँगै अगाडि बढेमात्र हामी समाजवादमा पुग्न सक्छौँ । अहिले सम्पूर्णले उहाँलाई सहयोग र समर्थन गर्नुपर्छ’, तामाङले भने ।
यस्तै अखिल क्रान्तिकारी घरको बाघ नभई वनको बाघ भन्ने तथ्यलाई सिद्ध गर्न सम्मेलनले प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा सदस्य पद रिक्त भएको जानकारी
-
पाणिनि तपोभूमि सम्मेलनद्वारा सातबुँदे घोषणापत्र जारी
-
गोरखादेखि जीतगढीसम्म पदयात्रा सुरु
-
‘अहिले संघीयताका नाममा, समानुपातिकका नाममा जे भयो, म त्यसविरुद्ध छु’
-
यी हुन् शिक्षकहरूले वार्ताका लागि खोजेका आधारहरू
-
ऐतिहासिक किल्ला जोगाउन नेपाली सेनाले थाल्यो ११ दिने लामो पदयात्रा