न्याय परिषद् नियमावली खारेजीको माग गर्दै बारको धर्ना, तस्बिरहरू

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली खारेजीको माग गर्दै धर्ना दिएको छ । बारले यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरी न्याय परिषद्ले न्यायाधीश नियुक्ति अघि बढाएको भन्दै आन्दोलन सुरु गरेको हो ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विवाद मिलाउने भन्दै बार र न्याय परिषद्का मानिस संलग्न एक विवाद समाधान कार्यदल गठन गरेका थिए । वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन भएको उक्त कार्यदलले दुई थरी प्रतिवेदन प्रधान न्यायाधीश श्रेष्ठलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा न्याय परिषद्का तर्फबाट सहभागी कार्यदलले नियमावली संशोधन गर्न नसकिने भनेको थियो भने बारले नियमावली खारेज हुनुपर्ने भनेको थियो ।
अलग–अलग प्रतिवेदन आएपछि प्रधान न्यायाधीश श्रेष्ठले सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको तयारी गरेका थिए । लगातार न्याय परिषद्को बैठक बसेपछि बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । बारले आफ्नै प्राङ्गगणमा आन्दोलन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?