उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क अद्यावधिक गरेको छ । बैङ्कले नेपालको मुद्रास्फीति गणना गर्न प्रयोग हुने राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कलाई आधार वर्ष २०७१/७२ बाट २०८०/८१ मा अद्यावधिक गरेको हो ।
आर्थिक वर्ष २०३१/३२ देखि उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेदेखिको यो छैटौँ आधार वर्ष परिवर्तन हो । नयाँ आधार वर्षमा आधारित सूचकाङ्कले उपभोगको प्रवृत्तिलाई बृहत् रूपमा समेट्नुका साथै अन्तर्राष्ट्रिय अद्यावधिक अभ्यासहरूलाई अनुसरण गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
विगतका वर्षमा नेपाल राष्ट्र बैङ्कले पारिवारिक बजेट सर्वेक्षणको आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गर्दै आएकोमा यस वर्षबाट नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षणको तथ्याङ्कका आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गरेको जनाएको छ ।
अद्यावधिक गरिएको उपभोक्ता मूल्य सूचकाङ्कको डालोमा ५२५ वस्तु तथा सेवाहरू समावेश गरिएको छ । यसअघि ४९६ वस्तु तथा सेवा रहेका थिए । जसमा नयाँ उपभोग्य वस्तुहरू थप गरिएको र प्रचलनमा नरहेका वस्तु तथा सेवालाई हटाइएको छ उल्लेख छ ।
साविकको डालो (बास्केट) मा ५० जिल्लाका ६० वटा बजार केन्द्र रहेकोमा हाल देशका सबै ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट मूल्य सङ्कलन गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७२ जना यात्रु सवार विमानमा आगो लागेपछि...
-
गुडिरहेको गाडीबाट हामफाल्दा एक युवकको मृत्यु
-
कराँचीबाट लाहोर आएको विमानको एउटा पाङ्ग्रा नै गायब
-
अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न
-
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)
-
समाजवादी मोर्चाले शनिबार बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने