शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंकको रिपोर्ट

१५ अर्ब ५८ करोड डलर सञ्चिति, १३ महिनाको आयात धान्ने

बिहीबार, १० असोज २०८१, १३ : ३२
बिहीबार, १० असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो । एक महिनामा २ प्रतिशतले डलर सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ । नेपाली रुपैयाँमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर हो । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड थियो । नेपाल राष्ट्र बैंकबाहेक अन्य वित्तीय संस्थासँग २ खर्ब ८ अर्ब ७९ करोड रहेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप