१५ अर्ब ५८ करोड डलर सञ्चिति, १३ महिनाको आयात धान्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो ।
एक महिनामा २ प्रतिशतले डलर सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ । नेपाली रुपैयाँमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड थियो । नेपाल राष्ट्र बैंकबाहेक अन्य वित्तीस संस्थासँग २ खर्ब ८ अर्ब ७९ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा