भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न दूतावासको आग्रह

नयाँ दिल्ली । लेबनानमा इजरायलले हिजबुल्लाहका गढहरूमाथि निशाना बनाएर धमाधम हवाई हमला गरिरहेको छ । स्थिति अनियन्त्रित बन्दै गएपछि बेलायत लगायत देशहरूले आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेका छन् ।
सोही क्रममा भारतीय दूतावासले पनि आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेको छ । एडभाइजरीमा दूतावासले भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न सल्लाह दिएको छ । साथै त्यहाँ बसोबास गरिरहेका भारतीयहरूलाई पनि घरबाहिर ननिस्कन भनिएको छ ।
‘अगस्ट १ मा जारी गरिएको एड्भाइजरीलाई जारी राख्दै र यस क्षेत्रमा हालै भएका घटनाहरूपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अर्को आदेश नभएसम्म लेबनान यात्रा नगर्न सल्लाह दिइएको छ ।’
बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा भनिएको छ । लेबनानमा बसोबास गर्ने भारतीयहरूले जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निस्कने प्रयास गर्न पनि भनिएको छ । कुनै कारणले त्यहाँबाट बाहिरिन नसक्नेहरूले आफ्नो यात्रा सीमित गर्न र बेरुतस्थित भारतीय दूतावासमा सम्पर्कमा राख्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह खानेपानी संस्थानको सदस्य नियुक्त
-
एसइई परीक्षा दिइरहेका बालकको बूढीगण्डकीमा डुबेर मृत्यु
-
मनाङ सदरमुकाममा पहिलो पटक पुग्यो बस
-
हेटौँडामा देवरले गरे भाउजूको हत्या, दाइमाथि खुकुरी प्रहार
-
भद्दा संरचना खारेज गर्दै गण्डकी सरकार, अध्ययन गर्न फेरि बन्यो समिति
-
उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई