यो हो विश्वको सबैभन्दा महँगो चामल
काठमाडौँ । तपाईं हामीले दैनिक रूपमा खाने चामलको मूल्य कति पर्ला ? १ सय रुपैयाँदेखि बढीमा १५० रुपैयाँसम्म प्रति किलो होला ।
त्यही भएर चामललाई सबैभन्दा किफायती खानामा राखिन्छ । तर, विश्वमा नै सबैभन्दा महँगो चामल भनेर गिनिस वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल ‘किनमेमाई प्रिमियम’ चामलको मूल्य भने करिब १५ हजार रुपैयाँ प्रति किलो पर्छ ।
यसलाई जापानको टोयो राइस कर्पोरेसनले उत्पादन गर्छ । यसलाई अवार्ड नै जितेको जापानको चामलका पाँच प्रजातिबाट हातले छानेर तयार गरिन्छ । यति मात्र होइन, १७ वर्षअघि विकास गरिएको प्रविधिबाट यसलाई छ महिनासम्म राखेर तयार गरिन्छ ।
किमेमाई प्रिमियम चामलमा अन्य सामान्य चामलभन्दा बढी पोषक तत्त्वहरू रहेको पनि विश्वास गरिन्छ । यस चामलमा ६ गुणा बढी लिपोपोलीस्याकराइड्स (एलपीएस) हुन्छ । यो प्राकृतिक प्रतिरोधात्मक क्षमता बढाउने तत्त्व हो जसले हामीलाई रोगसँग लड्न र स्वस्थ रहन मद्दत गर्छ । यसमा १.८ गुणा बढी फाइबर र ७ गुणा बढी भिटामिन बी१ रहेको दाबी गरिएको छ ।
यसलाई पकाउन अघि धुनु पनि पर्दैन र यसको स्वाद पनि मिठो हुने बताइएको छ । चामलको दाना एउटा हिराको टुक्राजस्तै चम्किलो बनाएर तयार गरिएको हुन्छ ।
यसमा कोशिहिकारी र पिकामारुजस्ता चामलका प्रकारहरू समावेश छन् । यसलाई टोयो कर्पोरेसनका विज्ञहरूले हातैले छानेर तयार गर्छन् । यसका कृषकलाई पनि अन्यभन्दा ८ गुणाभन्दा बढी रकम दिइन्छ ।
‘विश्वकै उत्कृष्ट चामल’ दाबी गरेर विज्ञापन गरिएको यस चामललाई १ सय ४० ग्रामको प्याकेट बिक्री गरिन्छ । सन् २०१६ मा १ सय ९ डलर प्रतिकिलो मूल्यमा बिक्री हुँदा यसलाई विश्वकै सबैभन्दा महँगो चामलका रूपमा गिनिज बुकले मान्यता दिएको थियो । अहिले यसको मूल्य १ सय २० डलर प्रतिकिलो जति पर्छ ।
यसअघि यो चामल जापानमा मात्र पाइन्थ्यो । अहिले भने चामललाई सिंगापुरमा पनि बिक्री गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने
-
पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते
-
नेपाल प्रिमियर लिग : प्रचण्ड र देउवाद्वारा उपाधि वितरण (तस्बिरहरु)
-
गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ
-
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री
-
निसम बने एनर्जेटिक प्लेयर, विपिन एमर्जिङ प्लेयर