शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

ज्वरो, मधुमेह, रक्तचापजस्ता रोगमा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन (सूचीसहित)

बिहीबार, १० असोज २०८१, १२ : ३५
बिहीबार, १० असोज २०८१

काठमाडौँ । ज्वरो, मधुमेह, उच्च रक्तचाप, पेटमा सङ्क्रमण आदि स्वास्थ्य समस्यामा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन रहेको पाइएको छ ।

भारतको ‘सेन्ट्रल ड्रग्स स्ट्याण्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ (सीडीएससीओ) ले आफ्नो रिपोर्टमा भारतमै उत्पादित विभिन्न औषधि गुणस्तरहीन रहेको उल्लेख गरेको छ ।

सीडीएससीओले जारी गरेको रिपोर्ट अनुसार पारासिटामोल, पान–डी, क्याल्सियम सप्लिमेन्टसहित ५३ वटा औषधि गुणस्तर चेकजाँचमा असफल भएको जनाएको छ । यी औषधिमा भिटामिन सी र डी ३ ट्याबलेट, शेलकल, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी सफ्टजेल, मधुमेहको औषधि ग्लिमेपिराइड, उच्च रक्तचापको औषधि टेल्मिसर्टन लगायत छन् ।

यी औषधि हेटेरो ड्रग्स, अल्केम लेबोरेटरिज, हिन्दुस्तान एन्टीबायोटिक्स लिमिटेड, कर्नाटक एन्टीबायोटिक्स एन्ड फर्मास्युटिकल्स, प्योर एन्ड क्योर हेल्थकेयर र मेग लाक्ष्फसाइन्सेज लगायतका कम्पनीबाट उत्पादित हुन् ।

गुणस्तर चेकजाँचमा ५३ औषधि फेल भएको जनाइएको छ । तीमध्ये ४८ औषधि निर्धारित मानक अनुरुप नभएको पाइएको छ भने बाँकी ५ औषधि नक्कली रहेको दाबीपछि सूचीबाट हटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप