स्थायी लेखा नम्बर लिनेहरू एक वर्षमा १४ प्रतिशतले बढे
बिहीबार, १० असोज २०८१, १२ : २८
_K7Lct6KCBw.jpg)
काठमाडौँ । एक वर्षको अवधिमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको संख्या १४.२ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार २०८० असार मसान्तसम्म ६३ लाख ४० हजारले स्थायी लेखा नम्बर लिएका थिए । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ८६ हजार थपिएका छन् ।
कुल स्थायी लेखा नम्बर लिने करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनको संख्या ६७.३ प्रतिशत छ । ३१.४ प्रतिशत व्यावसायिक र १.३ प्रतिशत करकट्टी गर्ने निकायको स्थायी नम्बर लिने संख्या रहेको छ । गएको आवसम्म मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताको संख्या ३ लाख ३५ हजार छ । अन्तःशुल्क इजाजत प्रमाणपत्र लिनेको संख्या १ लाख २५ हजार पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
-
नाडा र नाइमाको संयुक्त भनाइः सहअस्तित्वसहित अटोमोबाइल उद्योगलाई सशक्त बनाउँछौ
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको सचिवमा कुन्छाको उम्मेदवारी घोषणा
-
जनमत र उन्मुक्ति एकताः रञ्जिताको पदीय हैसियतमा समस्या
-
जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै
-
४ जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज