अब नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा बिक्री हुने

काठमाडौँ । सरकारले आन्तरिक ऋण प्रयोजनका लागि जारी गर्ने नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा पनि बिक्री हुने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको आन्तरिक ऋण निष्कासन तथा व्यवस्थापन कार्यविधिले यस्तो व्यवस्था गरेको हो ।
कार्यालयले बुधबार जारी गरेको कार्यविधिमा नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार बजार निर्मातामार्फत डोम्स र इन्भेष्टर्स पोर्टलबाट गर्न सकिने उल्लेख गरिएको छ ।
सार्वजनिक ऋणका लागि सरकारले अहिले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार गरी चार वटा औजार प्रयोग गर्दै आएको छ । त्यसमध्ये ट्रेजरी बिल छोटो अवधिका लागि हुने भएकोले यो दोस्रो बजारमा कारोबार हुँदैन ।
अहिले विकास ऋणपत्र भने कार्यालयको डोम्स र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुवैमा कारोबार हुँदै आएको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र भने डोम्स र इन्भेष्टर्स पोर्टलबाट मात्रै कारोबार हुने कार्यालयका सूचना अधिकारी प्रकाश पुडासैनीले जानकारी दिए ।
दोस्रो बजारमा कारोबार सुरु भएसँगै यी दुई उपकरणप्रति जनताको आकर्षण बढ्ने अपेक्षा कार्यालयले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
-
गभर्नर नियुक्तिसम्बन्धी रिट र निवेदन आज पनि हेर्न नभ्याइनेमा
-
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
-
टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए कर्मचारी
-
श्रेयस-इशान बीसीसीआईको केन्द्रीय सम्झौतामा फर्किए, रोहित-विराट ए प्लस ग्रेडमा कायमै
-
खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे