अमेरिकामा भारतीय विदेशमन्त्री जयशंकर र रुसी विदेशमन्त्री लाभरोफबिच भेटघाट

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस.जयशंकरले बुधवार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ (यूएन) को महासभाको ७९ औँ सत्र आसपास रुसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भेटेका छन् । जयशंकरले सामाजिक सञ्जालमा सो भेटको तस्बिर सेयर गरेका थिए ।
‘संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ सत्रको बैठकमा रुसी विदेशमन्त्रीसँग छुट्टै भेट भयो । ‘भेटमा मैले भारत–रुस सम्बन्ध र क्षेत्रीय मुद्दाहरूबारे कुरा गरे’ पोस्टमा जयशंकरले लेखेका छन् ।
यसअघि रुसको विदेश मन्त्रालयले ट्वीट गर्दै यी दुईबिच भएको भेटको जानकारी दिएको थियो । लाभरोभसँगको भेटमा जयशंकरसँग के–के कुरा गरे भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन । तर, युक्रेन द्वन्द्व अन्त्य गर्न भारतको भूमिकाबारे दुवैबिच छलफल भएको बुझिएको छ ।
हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन सङ्कट समाधान गर्न चीन, भारत र ब्राजिलले सहयोग गर्न सक्ने बताएका थिए । रुस भ्रमणका क्रममा पुटिनसँगको भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्कट समाधानका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि भारतले यस संकटको शान्तिपूर्ण समाधान चाहेको मोदीले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार