लिग कप प्रिक्वार्टरफाइनल : म्यान सिटीले टोट्टनहाम र लिभरपुलले ब्राइटनको सामना गर्ने
काठमाडौँ । इङ्लिस फुटबल लिग कप (काराबाओ कप) फुटबल प्रतियोगिताको चौथो चरणमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले टोट्टनहामको सामना गर्नेछ । उक्त खेल टोट्टनहामको घरेलु मैदानमा खेलिने छ ।
साविक विजेता लिभरपुलले भने चौथो चरणको खेलमा ब्राइटनको सामना गर्नेछ । त्यो खेल ब्राइटनको घरेलु मैदानमा खेलिने छ । अघिल्लो सिजनको फाइनलमा लिभरपुलले चेल्सीलाई १–० गोलले हराएको थियो । लिभरपुल १० पटकको विजेता पनि हो ।
म्यानचेस्टर युनाइटेडले चौथो चरणको खेलमा लेस्टर सिटीको सामना गर्नेछ । त्यो खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा खेलिने छ । चेल्सीले भने न्युक्यासल युनाइटेड वा विम्बल्डनको घरेलु मैदानमा चौथो चरणको खेल खेल्नेछ ।
यसैगरी, ब्रेन्टफोर्डले घरेलु मैदानमा सेफिल्ड वेडनेसडेको सामना गर्नेछ भने साउथएम्पटनले पनि घरेलु मैदानमै स्टोक सिटीसँग चौथो चरणको खेल खेल्नेछ । आर्सनलले भने प्रिस्टन नर्थ एन्डको मैदानमा चौथो चरणको खेल खेल्नेछ ।
एस्टन भिल्लाले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्नेछ । चौथो चरणको खेल अक्टोबर २८ तारिखमा खेलिने छ । चौथो चरणका विजेता टोलीहरु प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
लिग कपको यो ६५औँ संस्करण हो । लिभरपुलले सर्वाधिक १० पटक लिग कपको उपाधि जितेको छ । यसैगरी, म्यानचेस्टर सिटीले आठ, म्यानचेस्टर युनाइटेडले ६ तथा चेल्सी र एस्टन भिल्लाले पाँच–पाँचपटक उपाधि चुमेका छन् ।
टोट्टनहाम र नटिङ्घम फरेष्टले पनि चार–चारपटक उपाधि हात पारेका छन् । लेस्टर सिटीले तीन तथा आर्सनल, नर्विच सिटी, बर्मिङ्घम सिटी र उल्भरह्याम्पटनले दुई–दुईपटक उपाधि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन