शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी सरकारले छुट्टायो पर्यटकीय राजधानीका लागि ११ स्याटलाइट गन्तव्यहरू, साढे ३ करोड खर्च गर्ने

बिहीबार, १० असोज २०८१, ११ : ०२
बिहीबार, १० असोज २०८१

पोखरा । गण्डकी प्रदेश सरकारले गएको चैत पहिलो साता पोखरालाई पर्यटनको राजधानीका रूपमा घोषणा गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै उपस्थितिमा पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएको हो । 

नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको नेतृत्वमा गठन भएको राजधानी घोषणा सिफारिस समितिको सिफारिसकै आधारमा राजधानी घोषणा गरिएपछि यसलाई प्रवर्द्धन गर्नका लागि गण्डकी सरकारले विभिन्न कार्यक्रमहरू अघि सारेको छ । यद्यपि राजधानी घोषणा भएपछि पर्यटक उल्लेख्य थपिने आङ्कलन गरिएको थियो । त्यसो हुन चाहिँ सकिरहेको छैन ।

प्रदेशले पोखरालाई केन्द्रमा राखेर नजिकका ११ गन्तव्यलाई स्याटलाइट गन्तव्यका रूपमा अघि सारेको छ । कास्कीको घान्द्रुक देउराली मुल्डे पदमार्ग, स्याङजाको श्रवण कुमार चक्रीय पदमार्ग, पोखराकै गुप्तेश्वर धार्मिक क्षेत्र, पोखराका ९ ताल जोड्ने लेक टु लेक तथा केभ टु केभ साइकल मार्ग, स्याङजाको म्हने पार्क, कास्कीको माछापुच्छ्रे सर्किट ट्रेल स्याटलाइट गन्तव्य हुन् ।

यस्तै, ताङतिङ–क्रपुडाँडा–कोरी–कपुचे–सिक्लेस पदमार्ग, पर्वतको कालाञ्जर ट्रेक, कास्कीकै रोयल ट्रेक, तनहुँको ढोरबराह पार्क र स्याङजाको नुवाकोट कालाभैरव मन्दिर पनि स्याटलाइट गन्तव्य हुन् । सरकारले यी स्याटलाइट गन्तव्यको प्रवर्द्धन र विकासको काम पनि गर्नेछ । चालू वर्षमा खर्च गर्ने गरी ३ करोड ४० लाख रुपैयाँ विनियोजन भएको उपाध्यक्ष देवकोटाले जानकारी दिए ।

‘पोखरा केन्द्र हो । यहाँ आएका पर्यटकलाई नजिक रहेका अरू गन्तव्यहरूमा पुग्ने गरी स्याटलाइट गन्तव्यको छनोट गरेका हौँ,’ उनले भने, ‘छनोट भएका गन्तव्यको आवश्यक पूर्वाधार प्रदेशले निर्माण गर्छ । कतै स्तरोन्नति मात्रै गरे पुग्ने छ । कतै प्रचारको अभाव छ । सबै व्यवस्थापन प्रदेशले गर्छ ।’ स्याटलाइट गन्तव्यको परियोजना पूरा गर्न पालिकासँग पनि साझेदारी र समन्वय गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप