लेबनान–इजरायली सीमामा २१ दिने युद्ध विरामको अनुरोध

बेरुत । लेबनानमा बढ्दो द्वन्द्वलाई देखेर अमेरिका र ईयूले २१ दिने युद्ध विरामको प्रस्ताव गरेका छन् । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली संघ (ईयु) र अन्य सहयोगी राष्ट्रहरूले तत्कालै लागू हुने गरी २१ दिने युद्ध विरामको प्रस्ताव गरेका हुन् ।
अमेरिका, बेलायत र ईयूर समेतका राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्ध विरामको प्रस्ताव गरेका छन् । इजरायल, लेबनान, प्यालेस्टाइन बिचको दुश्मनी अहिले असह्य भएको विज्ञप्तिमा यी देशहरूले भनेका छन् ।
यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको र यो लेबनान र इजरायलका जनताको हितमा नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायली सेना प्रमुखले हवाई हमलापछि इजरायलले लेबनानमा रहेको हिजबुल्लाहका गढहरूमा भूमिबाटै आक्रमणको तयारी गरिरहेको बताएपछि युद्ध विरामको यो प्रस्ताव अगाडि ल्याइएको हो ।
इजरायलले विगत तीन दिनदेखि लेबनानमा हिजबुल्लाहलाई निशाना बनाउँदै लेबनानमा व्यापक हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ५०० भन्दा धेरैको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर