शुक्रबार पोखरामा मिनी सडक महोत्सव हुने
_L8Qm8lBnvO.jpg)
पोखरा । पर्यटन दिवसको अवसर पारेर पोखरामा असोज ११ गते अर्थात् शुक्रबार मिनी सडक महोत्सव हुने भएको छ ।
रेस्टुरेन्ट एन्ड वार एसोसिएसन पोखरा (रेवान) को आयोजनामा मिनी सडक महोत्सव हुन लागेको हो । बेलुका साढे ४ बजेदेखि अम्बोटबाट बाराही चोकसम्म महोत्सव आयोजना गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवले आन्तरिक र बाह्य पर्यटक पोखरा भित्राउन सहयोग पुग्ने उनको दाबी छ ।
पोखरा पर्यटन परिषद्ले यो वर्षको पर्यटन दिवस ४ दिन विभिन्न कार्यक्रम गरी मनाउन थालेको हो । पहिलो दिन बुधबार पोखराको पर्यटन राजधानी–नीति संवाद कार्यक्रम भएको छ । यस्तै, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित पर्यटकीय सङ्घसंस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटक बसपार्कमा पहिला आउने पर्यटकलाई बाजागाजा सहित सम्मान गरेका थिए ।
बिहीबार टान गण्डकीको आयोजनामा पोखरा–मोरिया–लप्सीबोट–भुकदेउराली सम्मको पदयात्रा सुरु भएको छ । अन्तिम दिन पोखरा पर्यटन परिषद्कै आयोजनामा ‘पर्यटन र शान्त’ शीर्षकमा ‘टक सो’ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा